सञ्चारकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश विनोदकुमार शर्माले बिहीबारदेखि नै लागू हुनेगरी ५ दिन हिरासतमा राख्न म्याद दिएका हुन् । शुक्रबार बिहान भएको बहसको आधारमा रविसहित ३ जनालाई अनुसन्धानको लागि म्याद दिइएको हो ।
जिल्ला अदालत, चितवनले पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । तीनैजना प्रहरी हिरासतमा रहनेछन् ।
लामिछानेलाई अदालतमा उपस्थित गराउनुअघि उनका समर्थकले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले लामिछानेको यथाशिघ्र रिहाइका लागि माग गरेका थिए ।
बिहीबार साँझ लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनबाटै गिरफ्तार गरिएको थियो भने कलंकीबाट अस्मिता कार्कीलाई पक्राउ गरिएको थियो ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1