नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नौ दिन पछि सर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको शनिबारको बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।
उक्त निर्णय कांग्रेस केन्द्रीय कार्यसमितिको आगामी असार ३ गते बस्ने बैठकले पारित गर्ने उनले बताए । कांग्रेसले यसअघि केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौं गर्ने तालिका निर्धारण गरेको थियो ।
सोहीअनुसार क्रियाशील सदस्यतासम्बन्धी कार्य टुंग्याउने र अन्य तहका अधिवेशन गर्ने मिति तोकिएको थियो । महामारीको विषम परिस्थितिका कारण यसअघिको निर्धारित महाधिवेशन कार्यतालिका प्रभावित भएको भन्दै कांग्रेसले नयां कार्यतालिका निर्धारण गर्नुपरेको जनाएको छ ।