चाउथे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

सैलुङअनलाइन संवाददाता
ककनी, नुवाकोट

नुवाकोट ककनी गाउँपालिका वडा नं ३ स्थित ढोकाभन्जयाङका चाउथे स्वास्थ्य चौकीलाई शनिबार स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

नेपाली काँग्रेस ककनी वडा नं।२ का सभापति राजनप्रसाद न्यौपानेको संयोजनमा बोधिसत्त्व विहार तथा त्जु चि फाउन्डेसन (TZU CHI FOUNDATION) द्वारा १० लिटरको अक्सिजन कन्सन्ट्रेटर २ सेट, स्यानीटाइजर, माक्स लगायत अन्य सामग्री प्रदान गरेका हुन् ।

करिब ६ लाख बराबरको उक्त सामग्री स्वास्थ्य चौकीका व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ३ का वडाध्यक्ष घननाथ बजगांई र चौकीका इन्चार्ज होमबहादुर खड्कालाई हस्तान्तरण गरिएको हो ।

नुवाकोटमा हालसम्म ३२ जनाको कोरोनाबाट ज्यान गुमाइसकेका छन् भने यस गाउँपालिकाका ४ जनाले ज्यान गएको छ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सभापति एवम् समाजसेवी अर्जुनप्रसाद न्यौपाने, ककनी ३ नं. का वडा सभापति रमेश ढुङ्गाना, समाजसेवी सीताराम आचार्य, रामभक्त बस्नेत, सिंहराज तामाङ, विजय ढुगांना, प्रेमबहादुर ढुगांना, जनार्दन ढुगांना सुरक्षाकर्मी लगायत क्लबका साथीहरूको उपस्थितिमा सामग्री हस्तान्तरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया