विराटनगरमा चौधरी ग्रुपको प्रादेशिक कार्यालय शुभारम्भ

सैलुङअनलाइन संवाददाता
विराटनगर

विराटनगरर चौधरी ग्रुपले अधिराज्यभर पुर्याउदै आएको सामाजिक सेवामूलक कार्यहरू निरन्तर जारी छ । समुदायसँग निकटताका साथ सेवा विस्तार गर्ने उद्देश्यले १ नं प्रदेशको राजधानी विराटनगरमा प्रादेशिक कार्यालय सञ्चालनमा आएको छ । जेठ ३० गते आइतबार एक कार्यक्रम गर्दै कार्यालयको उद्घाटन भएको हो । कोभिडका कारण सुरक्षा सावधानी तथा सामाजिक दुरी कायम गर्दै मोरङ जिल्ला प्रदेश सभासद् शेखर चन्द्र थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

चौधरी ग्रुपका १ नं प्रादेशिक एडमिनिष्ट्रेटर लगायत प्रतिनिधिहरूको उपस्थितिमा सभासद् थापाले रिबन काट्दै कार्यालयको समुद्घाटन गरिएको हो । कार्यालय शुभारम्भको अवसरमा अक्सिजन आपूर्तिमा कठिनाइ हुने १ नं प्रदेशका इलाम तथा भोजपुर जिल्ला अस्पतालहरूलाई २र२ थान १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर समेत सम्बन्धित अस्पतालका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो ।

शभासद थापाले समुद्घाटनको अवसरमा कोभिड १९ को महामारीको सङ्क्रमणबाट जोखिममा परेका बिरामीहरूको उपचारमा सरिक सरकारी तथा सामुदायिक अस्पतालहरूलाई चौधरी फाउन्डेसनले प्रदान गर्दै आएको स्वास्थ्य सामाग्रीले सङ्क्रमणको सम्भावित जोखिममा रहेका बिरामीहरूको उपचार कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

यस्तै मन्तव्यकै क्रममा प्रोभिन्सिएल एडमिनिष्ट्रेटर कटवालले लामो समयदेखि चौधरी ग्रुपको ुचौधरी फाउन्डेसनुबाट अधिराज्यभर विभिन्न बिपद, शिक्षा र स्वास्थ्य क्षेत्रमा पुर्याउदै आएको सहयोगलाई यो
प्रादेशिक कार्यालय मार्फत अत्यावश्यक समुदाय र ब्यक्तिहरुका माझ आगामी दिनमा थप प्रभावकारी रूपमा सहयोग उपलब्ध गराइने जानकारी गराए ।

समुद्घाटन कार्यक्रममा नबिल बैङ्क प्रादेशिक मेनेजर सुबोध लोहनी, सिजी फुडस् १ नं प्रदेश बजार प्रमुख पुन्यप्रसाद लुइँटेल, नायब प्रबन्धक राजकुमार श्रेष्ठ, ब्रान्ड प्रवर्धन प्रमुख रविन्द्र मास्के लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया