अपाङ्गतालाई पनि खोप उपलब्ध गराउन माग

सरस्वती न्याैपाने संवाददाता
रसुवा

रसुवा जिल्लाभित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई पनि कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।

मंगलबार रसुवा अपाङ्ग पुनर्स्थापना केन्द्रद्वारा प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकाल समक्ष ज्ञापन पत्र बुझाउँदै यथाशीघ्र खोप उपलब्ध गराइ महामारीबाट बचाउन आग्रह गरे ।

पुनर्स्थापना केन्द्रका सल्लाहकार प्रतिमा लामाले अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखी खोप उपलब्ध गर्ने व्यवस्था होस र महामारीमा अपाङ्गता भएका व्यक्तिहरू यस जोखिमबाट बचाउन आग्रह गरिन् ।

यस्तै ज्ञापन पत्रमा लेखिएको छ‚‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट कोभिड विरुद्धको खोप प्रदान गर्दा अपाङ्गता भएका व्यक्त लाई पहिलो प्राथमिकताकासाथ खोप उपलब्ध होस र गराउन स्वास्थ्य कार्यालयमा सिफारिस गराउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो ।’

रसुवा जिल्लामा २०६२ सालदेखि रसुवा अपाङ्गता पुनः स्थापना केन्द्र नेपाल स्थापना भएको हो । संस्था अपाङ्गता भएका व्यक्तिहरूको हकहित र अधिकारको संरक्षण र प्रवर्द्धनमा क्रियाशील छन् ।

तपाईको प्रतिक्रिया