‘सत्कार’ सफ्टवेयर एप्लिकेसन सार्वजनिक

स्वचालित रूपमा होटेल प्रयोग गर्न सक्ने

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

कोरोना सङ्क्रमणको त्रासले पर्यटन क्षेत्र लामो समयदेखि बन्द छ । मानिसहरूले चाहेर पनि यात्रा गर्न नसक्दा र सामाजिक सुरक्षाको कारण बेला–बेलामा भइरहेको बन्दाबन्दीले गर्दा ठुलो लगानी भएका होटलहरु, देखी रेस्टुरेन्ट सम्म बन्द छन् । त्यसको मार लगानीकर्ताहरूलाई परेको छ । यस जोखिमबाट पर्यटन क्षेत्रलाई थोरै भए पनि राहत दिनको लागि द पिक हस्पाटिलिटीले नेपाली हस्पिटालिटीको क्षेत्रमा छोटो समयमा सफलता हासिल गर्न सफल द पिक हस्पाटिलिटीले टच फ्री सोलुसन र मोबाइल एप्लिकेसन्स मार्फत हाम्रो कोभिड विरुद्ध को लडाइँमा सहभागिता जनाउने प्रयास जारी राखेको छ । यो प्रयास नेपाल तथा सबै मुलुकहरूका लागि एउटा ठुलो अवसर हुन्छ भन्ने विश्वास लिएका छौँ ।

कोभिडको सङ्क्रमण विस्तार मूलभूत रूपमा शारीरिक निकटताले हुन्छ । पर्यटकहरू होटेलमा जाँदा बुकिङ गर्नेदेखि रूपमा चेकइन गर्ने, फुड एन्ड वेभरेज अर्डर गर्ने लगायतका काम गर्न सात वटा टच प्वाइन्ट विभिन्न टच प्वान्ट हुन्छन् । अल्टिमेट सोलुसन्सले होटेलमा बस्न जाँदा कतै छुनु नपर्ने ९टच फ्रि० अनुभव हुने गरी यो सत्कार एप्लिकेसन विकास गरेको हो ।

पर्यटकहरूको लागि आगामी दिनमा ‘सुरक्षा नै आराम’ भन्ने मूल मन्त्रलाई सम्बोधन गरी यो एप विकास गरिएको छ । यो सिस्टमलाई बिक्री तथा बजार प्रवर्द्धनको काम पिक हस्पिटालिटी आफैँले गर्ने छ । म्यानुअल टच प्लाइन्टलाई हटाएर डिजिटल तरिकाले काम गर्ने गरी विकास गरिएको एपले होटेलको फ्रन्ट अफिस, मानव संसाधन, वित्त, स्टोर, सुरक्षा, हाउस किपिंग, फुड एन्ड बेभरेज, इन्जिनियरिङ लगायतका सबै डिभिजनहरूलाई एउटै एपमा एकीकृत गर्छ ।

मोबाइलमै होटेल बुकिङदेखि चेक इन गर्न, ढोका खोल्न, खानाहरू अर्डर गर्न, एसी चलाउन, टिभी खोल्न कुनै कुरा अडर गर्न वा स्विच थिची राख्न पर्दैन ।

चेक आउट गर्न फोन वा रिसेप्सनमा लाइन लागेर पर्खिनु पर्दैन । यी सबै काम मोबाइल एप्लिकेसनबाटै होटेलको ग्राहक आफैँले गर्न सक्छ । यो एप्लिकेसन चलाउन निकै सजिलो छ । सुरक्षाको सबै उपायहरू अपनाएकाले सुरक्षित छ । होटेललाई म्यानुअलबाट डिजिटल बनाउन मद्दत गर्छ । होटेल क्षेत्रमा लामो अनुभव हासिल गरेका विज्ञहरूको परामर्शमा यो एप्लिकेसन विकास गरिएको हो ।

अहिलेसम्म विभिन्न वेब एप्लिकेसनमार्फत होटेलको बुकिङ गरेपछि सबै काम होटेलको काउन्टरदेखि ग्राहक कर्मचारीले म्यानुअल्ली काम गर्नु पर्थ्यो । सत्कार एपमार्फत ग्राहकले सेल्फ बुकिङ, सेल्फ अर्डर गर्न सक्छ । ग्राहकले क्युआर मार्फत ढोका खोलेर होटेलको कर्मचारीको सहयोग विना आफ्नो रुममा प्रवेश गर्न सक्छ ।

सत्कार एप नन स्टारदेखि फाइभ स्टार होटेलसम्मका लागि उपयोगी हुने गरी विभिन्न भर्र्सनहरुमा उपलब्ध छ । यस एपलाई होटलले आफ्नो अनुकूल हुने गरी मोडिफाइ गरेर प्रयोग गर्न सक्छ । यसलाई होटेलको आवश्यकता अनुसार बदल्न सकिन्छ । एस एपले पर्यटकको सुरक्षालाई सुनिश्चित गर्छ । होटलहरुको सञ्चालन खर्च घटाउँछ । यसले मानवीय त्रुटिलाई घटाउँछ । सबै कुरा स्वचालित रूपमा हुने भएकाले होटेलको जनशक्तिसमेत घट्ने छ । कागजी कामलाई यसले प्रतिस्थापन गर्ने छ । आन्तरिक राजस्वले प्रमाणित गरेको बिलिङ प्रणाली यसमा एकीकृत गरिएको छ ।

होटेलको बिल ग्राहक स्वयंले निकाल्न सक्छ ।

नेपालमा विकास भएको यो एप विश्वव्यापी रूपमा हस्पिटालिटी उद्योगका लागि उपयोगी हुने गरी डिजाइन गरिएको छ ।

कोभिडको महामारी विश्वव्यापी रूपमा होटेल क्षेत्रले ब्यहोरेकाले यस एपको माग विदेशमा समेत उत्तिकै हुने एप विकासकर्ता कम्पनीको दाबी छ । नेपाली प्रोडक्टका रूपमा विदेशमा समेत यसले बजार लिने अपेक्षा छ ।

द पिक हस्पाटिलिटीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रवर्द्धन र मार्केटिङ गर्ने योजना बनाएको छ । सत्कार एप सार्वजनिक गरिएको अवसरमा यसको प्रवर्धनका लागि सफ्टवेयर एप्लिकेसन भारी छुटमा उपलब्ध गराइने छ ।

तपाईको प्रतिक्रिया