हिमालय एयरलाइन्सले जुनमा चारपटक साउदी-नेपाल ओहोरदोहोर गर्ने

सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया

साउदी अरेबियाबाट हिमालय एयरलाइन्सले जुन महिनामा थप चारपटक साउदी-नेपाल ओहोरदोहोर गर्ने भएको छ । हिमालयले जुन १४ तारिखबाट साउदीको दमाम-काठमाडौं उडान ओहोरदोहोर शुरु गरेको हो ।

हिमालय एयरलाइन्सले दमाम-काठमाडौं र काठमाडौं-दमाम गरी ४ चार उडान भर्न लागिएको साउदी मेजर सुवास तिमिल्सिनाले जानकारी दिए । एयरलाइन्सका मेजर तिमिल्सिनाका अनुसार हिमालयले जुन १९,२१,२४ र २९ तारिख साउदी दमाम सहरबाट काठमाडौँका लागि उडान भर्न लागिएका हुन् ।

एयरलाइन्सका साउदी मेजर तिमिल्सिनाले व्हाट्सप ग्रुप बनाएर टिकटका बारेमा पूर्ण जानकारी दिने बताएका छन् । उनले टिकट दरका लागि हल्लाभन्दा पनि आधिकारिक जानकारी लिन समेत अनुरोध गरेको छ । व्हाट्सप ग्रुपमा वा हिमालयको दमाम काउन्टरमा टिकट दरका बारेमा जानकारी लिन सक्ने मेनेजर तिमिल्सिनाको भनाइ छ ।

त्यसैगरी जिओल्याण्ड ट्राभल्स एण्ड टुर्स (Geoland travels and tours ) का प्रतिनिधि सुरेशराज त्रिपाठीले समेत साउदीका विभिन्न सहरबाट हिमालय एयरलाइन्सका दमाम-काठमाडौं उडानका लागि बसको व्यवस्थापन गर्ने गरी जुन महिनामा हुने उडानहरूको टिकट लिन अनुरोध गरेको छ । प्रतिनिधि त्रिपाठीका अनुसार दमाम-काठमाडौंका लागि टिकट बिक्री भइरहेका छन् । उनले रियाद र दमाममा रहेका आफ्ना ट्राभल्सबाट टिकट लिन अनुरोध गरेको छ । प्रतिनिधि त्रिपाठीले पनि टिकट दरका बारेमा भने ट्राभल्समै पुगेर बुझ्न आग्रह गरे ।

यस उडानले झन्डै एक महिनादेखि आफ्ना सम्झौता सकेर वा छुट्टीका लागि नेपाल फर्किनुपर्ने र नेपालबाट साउदी आउनुपर्नेहरुका लागि राहत मिल्ने छन् । यसअघि जुन महिनाबाट कतार हुँदै नेपाल फर्कन हवाई उडान रहेको नेपाली दूतावासले सूचना निकालेका थियो । उक्त उडान झन्झटिलो र खर्चिलो हुनेभएकोले नेपालीहरू नियमित सीधा उडानको पर्खाइमा छन् ।

नेपाल सरकारलेले कोरोना रोकथामका विधि अपनाई नियमित उडान गरेमा रोजगारीका लागि साउदी आउने र आफ्ना करार अवधि सकिएर वा छुट्टी जानेहरूका लागि राहत हुने यहास्थित विभिन्न नेपाली संघसंस्थाहरुको भनाइ छ ।

त्यसैगरी साउदीस्थित केही संघसंस्थाले भने विज्ञप्ति जारी गरेर चार्टर उडानभन्दा नियमित खुलाउन नेपाली दूतावास मार्फत नेपाल सरकारको ध्यानाकर्षण गरेको छ । यस्तै यहाका विभिन्न संघसंस्थाका पदाधिकारीहरुले भने सामाजिक संजालमा चार्टर उडानको बिरोध गरेका छन् ।

थप यो पनि

हिमालयले जुन १४ मा दमाम-काठमाडौं चार्टर उडान भर्ने

तपाईको प्रतिक्रिया