गोसाईकुण्डबाट फर्केका भक्तजनलाई दही र घुम

0 Shares
रसुवा

कालिका गाउँपालिकास्थित कालिकास्थानमा परम्परा अनुसार गोसाईकुण्ड गएर फर्केका भक्तजनहरुलाई दही खुवाउने चलन छ । सोही अनुसार शुक्रबार भक्तजनहरुलाई दही वितरण गरिएको छ ।

तत्कालीन राजा पृथ्वीनारायण शाहको पालादेखि दही र घुम वितरण गर्ने प्रचलन छ । सोही अनुरुप वर्षेनी मेलामा आउने गोरखनाथ बाबा लगाएत तीर्थ यात्रुहरुलाई दही र घुम वितरण गर्ने परम्परा बसालेका थिए । त्यसलाई निरन्तरता दिदै परम्पराको जगेर्ना गर्ने उद्देश्यले दही वितरण थालिएको कालिका गाउँपालिका वडा–५ का स्थानीय विष्णु देवकोटाले बताए ।

गाउँपालिका अध्यक्ष सिता अधिकारी, उपाध्यक्ष भवानी न्यौपाने लगाएतका व्यक्तित्वहरुबाट यात्रुहरुलाई कालिकास्थानस्थित नेपाली सेना कालिजंग गणको चेक पोष्टबाट २ हजार २ सय यात्रीलाई एकएक कप दही वितरण गरिएको हो ।
यस वर्षबाट दहि वितरण नियमित गरिने धैबुङ कालिका साना किसान कृषि सहकारीका अध्यक्ष विष्णु पौडेलले बताए ।

यस गाउँको नाम दहि र घुमबाट अपभ्रंस भएर तत्कालीन धैबुङ गाविस नामाकरण भएको भन्ने भनाई छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका