आर्थिक वर्ष ०७६÷०७७ मा सम्पादन गरिने ५ वटा क्षेत्र र ५० वटा कामहरुको पहिचान र वस्तुनिष्ट बैज्ञानिक सुचांकसहित १०० पुर्णाङ्कलाई आधार मानी तयार गरिएको कार्य सम्पादन सम्झौतामा बिहिवार हस्ताक्षर भएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवामा प्रमुख जिल्ला अधिकारी र सहायक प्र्रमुख जिल्ला अधिकारीबीच भएको कार्य सम्पादन सम्झौतामा शाखा प्रमुखदेखि नायव सुब्बास्तर सम्मका कर्मचारीलाई समेत कार्य सम्पादन पहिचान गरी ०७६÷०७७ का लागि उपलब्ध गराइएका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
कार्य सम्पादन सम्झौताको अवधि २०७६ साउन १ देखि २०७७ साल अषाढ मसान्तसम्म हुनेछ । यसै साथ संलग्न सुचांकहरुको प्रगतिको आधारमा अर्थ वार्षिक कार्य सम्पादन मुल्याङ्कन गरी आफुले गरेको कार्य सम्पादनको प्रगति चौमासिक रुपमा प्रमुख जिल्ला अधिकारी समक्ष बुझाउनुपर्नेछ । यसैगरी सरुवा भई अन्यत्र कार्यालयमा जाँदा यस सम्झौताको प्रगति विवरण अध्यावधिक गरी प्रजिअ समक्ष बुझाउनु पर्ने उल्लेख छ ।