विद्यार्थी घेदुङमा गोरमेन


नेपाल तामाङ विद्यार्थी घेदुङ संघको अध्यक्षमा गोरमेन नेकोर तामाङ चयन भएको छ ।

कालिका हिमालयन क्याम्पसमा हालै सम्पन्न तेस्रो अधिवेशनले तामाङलाई चयन गरेको हो । तामाङको अध्यक्ष्यतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

उपाध्यक्ष विनोद थिङ, सचिव ङवाङफिन्जो तामाङ, सहसचिव विना थिङ कोषाध्यक्षमा छिरिङ घले रहेका छन ।

यस्तै सदस्यहरुमा रमेश घले, प्रतिप तामाङ, सुवास लामा, सेम ग्याम्जो तामाङ, सरस्वति ग्याबा, रामकुमार तामाङ, सिर्जना तामाङ, निर्विरोध चयन भएका छन ।

जिल्लाभरिको विद्यार्थीहरुको उपस्थितिमा अधिवेशन सम्पन्न गरेको हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका