निमोनियाबाट ग्रसित वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको शनिबार निधन भएको छ । ७२ वर्षको उमेरमा उनको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो ।
उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायतबाट चर्चित अधिकारीले करिब चार दशक कलाकारित क्षेत्रमा अभिनय गरेकी छिन् । उनले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि काम गरेकी छन् । उनको पहिलो फिल्म ‘मनको बाँध’ हो ।
उनका एक छोरा र एक छोरी छन् ।