काठमाडौं कुमारीगालस्थित समता अस्पतालमा तनाव भएको छ । सोही अस्पतालका कर्मचारी विमला तामाङको झुण्डिएको अवस्थामा मंगलबार फेला पारेपछि अहिले तनावग्रस्त छन् ।
दोरम्बा गाउँपालिका–२ रामेछापको तामाङको अस्पतालमै झुण्डिएको अवस्थामा फेला पारेको हो, उनका देवर सिंहराज योञ्जनले बताए । यो मरेको नभई मारेको हो भन्दै आफन्तहरुले अस्पताल परिसरमा आन्दोलन गरिरहेका छन् ।
अस्पतालमै आत्महत्या गरेपछि सत्यतथ्य के हो ? बाहिर आउनुपर्ने भन्दै आन्दोलन गरिरहेको योञ्जनले बताए ।
२७ बर्षीय तामाङको एउटा बच्चा छ भने २ महिनादेखि यहाँ काम गर्दै आइरहेका थिए ।
समता अस्पतालले भने कुनै जवाफ दिएको छैन ।