‘मौलिक खाना अध्ययनका लागि मेचि-महाकाली फुड टुर गर्दैछु’- सेफ घिसिङ

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

नेपाली मौलिक एवं रैथाने खानालाई विश्व बजारीकरण गर्नका लागि सेफ प्रेमलाल घिसिङले मेची-महाकाली नेपाली फुड टुर (खाना यात्रा) गर्ने भएको छ । उनले फुड टुरमा नेपालको ग्रामीण भेगमा पाइने खानाको परिकारहरुको रेसिपि र पकाउने विधिको अध्ययन गरेर आदिवासी जनजातिको नेपाली मौलिक खानाको पुस्तक र भिडियो तयार पारिने जानकारी दिए । उनको यो यात्रा असोज १० बाट सुरु हुनेछ ।

नेपालमा फुड टुरिजमको राम्रो सम्भावना रहेकोले फुड टुरिजम रुट पनि तयार पार्ने बताउदै सेफ घिसिङले भने, ‘नेपालको हेरिटेज फुड र कल्चरल फुडको बारेमा पनि अध्ययन गर्नेछु ।’

उनको पूर्व-पश्चिम फुड टुरका लागि लायन्स क्लाव अफ काठमाण्डु प्रभु आरटिले ४१ हजार १०१ रुपैया सहयोग गरेको छ । सहयोगी हातहरुलाई धन्यवाद दिँदै सेफ घिसिङले अध्ययन अनुसन्धानको लागि ६० लाख जति खर्च लाग्ने बताए ।

नेपाल बहुजाति देश भएकोले धेरैभन्दा धेरै खानाको परिकार रहेको र त्यो हाम्रो मौलिक खानाहरु लोप हुन लागेकोले त्यसको जगेर्ना गर्दै विश्वबजारीकरणमा पु¥याउनका लागि फुड यात्रा तया गरिएको सेफ घिसिङले बताए । यसको लागि सबैबाट सहयोगको अपेक्षासमेत गरेको उनले बताए ।

नेपाली खानाहरु स्वस्थ्यका दृष्टिले धेरै राम्रो रहेकोले हाम्रो पुर्खाहरु गोर्खाली हुन सकेको उनी बताउँछन् । ‘नेपाली खाना हाम्रो संस्कृति हो र पहिचान पनि । यसको जगेर्ना र प्रवद्र्धन गरौं ।’

‘नेपाली मौलिक खान खाआैं, स्वस्थ बनौ हाम्रो संस्कार संस्कृतिको जगेर्ना गरौं ।’ उनी यही मूल नाराका साथ फूड टुरमा निक्लिन लागेका छन् ।

‘नेपालमा हरेक जातिको बेग्लै विशिष्टता र पहिचान बोकेको मौलिक खान छन् । मैले हरेक जातिको मौलिक खाना, भूगोल र समुदाय अनुसारको खानासम्बन्धी अध्ययन गर्ने उद्देश्यले यात्रा शुरु गर्ने निर्णय गरेको छु ।’ घिसिङले भने, ‘पेशाले म सेफ हुँ । पाकशास्त्री अध्ययनको क्रमा जाति पाकशास्त्रबारे बुझ्दै गएँ र मलाई हाम्रै देशका विभिन्न जातिहरुका पाककलाप्रति आकर्षण बढ्दै गयो । त्यसपछि उनीहरुको मौलिक पाककलाबारे सोधिखोजी सुरु गरेँ र उनीहरुबाटै पकाउन पनि सिकेँ । अहिले म नयाँ पुस्ताहरुलाई पनि यसबारे सिकाउँदै छु । त्यसैको नतिजा हो म अब ‘टेष्ट अफ नेपाल’ नाम दिएर खाना यात्रामा निस्किँदैछु ।’

उनको यो यात्राको अर्को उद्देश्य भनेको नेपालका मौलिक खानाहरुलाई जोगाउने र संरक्षण गर्ने मात्र नभई विश्व बजारमा समेत चिनाउनु हो । यात्राबाट फर्केपछि उनले विश्वका स्टार होटलहरुमा नेपाली खानको मेनुमा राख्नका लागि ‘गोर्खाली मेनु’ तयार पार्नेछन् । पर्यटन वर्ष २०२० मा विश्वका पर्यटकहरुलाई नेपाली मौलिक खानाको चखाउने पनि उनेको यो यात्राको उद्देश्य हो । खुवाउनको लागि पनि यो मेरो यात्रा हो । यात्राको क्रममा उनले हरेक पर्यटन बस्तीहरु पुगेर नेपाली मौलिक खानाको अध्ययन मात्र होइन नेपाली परम्परा अनुसारको पाहुन सत्कार, सरसफाई, व्यवस्थापनलगायत बारे पनि जानकारी दिनेछन् ।

तपाईको प्रतिक्रिया