पञ्चकन्याको बजेट गतवर्षको भन्दा १.४२ गुणाले बढी (विवरणसहित)

सैलुङअनलाइन
सैलुङअनलाइन
105 Shares

नुवाकोट पञ्चकन्या गाउँपालिका आगामी आर्थिक वर्ष २०७८।०७९ का लागि ४२ करोड ६८ लाख १६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

बिहीबार गाउँपालिकाको गाउँ सभामा उपाध्यक्ष सिता पराजुली खड्काले चालुतर्फ २३ करोड १७ लाख ५९ हजार रुपैयाँ अर्थात् ५४.२९ प्रतिशत र पुँजीगततर्फ १९ करोड ५० लाख ५७ हजार रुपैयाँ अर्थात् ४५.७१ प्रतिशत रहेको छ ।

उक्त बजेट गत आर्थिक वर्षको तुलनामा झन्डै १.४२ गुणाले बढी रहेको उपाध्यक्ष पराजुलीले बताइन् ।

सरकारी सशर्त वित्तीय अनुदान स्वरूप सङ्घीय सरकारबाट प्राप्त १४ करोड ६१ लाख रुपैंया र प्रदेश सरकारबाट प्राप्त सशर्त रकम १ करोड ६८ लाख १९ हजार रुपैयाँ तथा कृषि पशु स्वास्थ्य र शिक्षा तर्फका बजेट समेत चालु खर्चमा रेखाङ्कन गर्नुपर्ने प्रावधानले गर्दा चालु खर्चको अंश केही बढी देखिन गएको छ ।

कुल बजेट मध्ये गाउँकार्यपालिकाबाट ८ करोड ३५ लाख ९० हजार रुपैयाँ चालु खर्च र १७ करोड ०७ हजार पुँजीगत खर्च रहने गरी विनियोजन  गरेको  छ ।

यसैगरी विषयगत शाखाहरूबाट १४ करोड ८१ लाख ६९ हजार रुपैयाँ चालू खर्चस्वरुप र वडा समितिहरूबाट २ करोड ५० लाख ५० हजार पुँजीगत खर्च हुने गरी वित्तीय व्यवस्थापन गरेको छ ।

विकास तर्फ लम्कँदै गरेको स्थानीय तह भएकाले गाउँपालिकाको आफ्नै खानेपानी लगायतका अन्य ठुला सडक कालोपत्रे जस्ता आयोजनाहरू सञ्चालन गर्न ‘म्याचिङ फन्ड’ राख्नु पर्ने जस्ता कारणले गाउँ कार्यपालिकामा छुट्ट्याएको अपुग पुँजीगत रकमको अंश समेत देखिन गएको उपाध्यक्ष पराजुलीले जानकारी दिइन् ।

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये सङ्घीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानबाट ८ करोड ०६ लाख रुपैयाँ, सशर्त अनुदानबाट १४ करोड ६१ लाख रुपैयाँ, सङ्घीय सरकारबाट विशेष अनुदानस्वरुप प्राप्त ४२ लाख रुपैयाँ, राजश्व बाँडफाँडबाट ५ करोड २७ लाख ८५ हजार रुपैयाँ , प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानबाट ६२ लाख ५७ हजार रुपैयाँ, सशर्त अनुदानबाट १ करोड ६८ लाख १९ हजार रुपैयाँ रहेको छ ।

यस्तै प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान २ करोड ९९ लाख ८७ हजार रुपैयाँ, राजश्व बाँडफाँड हस्तान्तरणबाट १ करोड १९ लाख ३९ हजार ३८९ रुपैयाँ, आन्तरिक स्रोतबाट २ करोड ४४ लाख ५९ हजार ३०० रुपैयाँ व्यहोर्दा न्यून हुन आउने रकम ४ करोड ५३ लाख ६९ हजार ३११ रुपैंया सङ्घ तथा प्रादेशिक सरकारसँग माग गरी तथा हस्तान्तरण हुने मालपोत, विद्युत् रोयल्टी, बुद्धभुमि हाइड्रोपावर वाट प्राप्त हुने रकम लगायत अन्य विभिन्न स्रोतहरूबाट शोधभर्ना गरिनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका