सानी प्यारी छोरी

रामेछाप  

मेरा बाबा-आमाको प्यारी सानी छोरी म ।
हिमाल झैं अटल शिर,
अनि उस्तै गोरी म ।
पढ्न लेख्न उस्तै राम्रो,
निडर सानी छोरी म ।
मेरा बाबाा-आमाको प्यारी सानी छोरी म ।

मेरा हजुरबाआमाको प्यारी सानी नातिनी म ।
कथा सुन्दै हजुरबाको,
काखमा खेल्ने नातिनी म ।
लोरी गाउँछिन, हजुरआमा,
नुनु गर्ने नातिनी म ।
मेरा हजुरबाआमाको प्यारी सानी नातिनी म ।

स्कुलमा शिक्षक र शिक्षिकाको प्यारी म ।
गृहकार्य सधैं गर्छु,
साथीसँग मिल्ने म ।
पत्रु खाना खान्न म त,
घरको खाना खाने म ।
आफ्नो काम आफै गर्छु,
राम्रो बानी, राम्री म ।
अरुलाई मद्दत गर्छु,
त्यसैले सबकी प्यारी म ।
मेरा बाबााआमाको प्यारी सानी छोरी म ।

तपाईको प्रतिक्रिया