धुन्चेका तामाङ संङग्रहालयलाई थप व्यवस्थापन गर्ने

सरस्वती न्याैपाने संवाददाता
रसुवा

जिल्लामा रहेको नेपालकै पहिलो तामाङ संङग्रहालयलाई थप व्यवस्थापन गर्न का लागि गोसाईंकुण्ड गाउँपालिकाले नवौँ गाउँसभावाट आवश्यक पहल र बजेट मिलाउने भएको छ ।

गोसाईंकुण्ड गाउँपालिका वडा नं ६ धुन्चेमा अवस्थित नेपालकै पहिलो तामाङ सङ्ग्रहालयको अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार २०४५ सालदेखि तामाङ सङ्ग्रहालय थियो । त्यति बेला भवन थिएन तर २०५७।०५८ साल तिर टिआरपिएपि भन्ने संस्थाले भवन बनाइदिएपछि समिति पुर्न सङ्गठन गरी अध्यक्षमा कैसाङनुर्पु तामाङ भए ।

यस संस्थाले केही न केही नौलो खालको दिगो हुने के काम गर्ने त भन्दा नेपाल भरि बुझेपछि नेपालभरि नै नभएको तामाङ सङ्ग्रहालय बनाउने निधो गरेपछि धुन्चे गाउँको बिचमा सङ्ग्रहालय भवन स्थापना भयो ।

परम्परागत रूपमा रही आएको तामाङ धर्म‚ संस्कृति झल्किने सामनहरु राखियो । रसुवा जिल्ला तामाङ जातिको बाहुल्यता रहेकोले पनि यस्तो सङ्ग्रहालय राख्नुपर्छ जिल्लाको शान र धुन्चेको मानको रूपमा रहेको छ ।

तामाङ समुदायको गौरवको रूपमा रहेको भावी पुस्ता सम्म नहुने हो भन्ने चिन्ता अध्यक्ष तामाङको रहेको थियो तर गाउँपालिकाले प्राथमिकता दिई पुरानो शैली रहनसहन, संस्कृति हराएर जाने अवस्थामा रहेको लाई संरक्षण गर्ने लागेको छ ।

अनेकतामा एकता रहेको यस जिल्लामा सङ्ग्रहालय स्थापना गरेपछि चासो दिएर थप के गर्ने भन्ने बारेमा सबै अन्यौलता रहेका छन् ।

नेपाल भर कहीँ कतै नभएको सङ्ग्रहालय रसुवाको सदरमुकाम धुन्चेमा बनाइएको छ । लाखौँ खर्च गरेर बनाइएको भवन र भवन भित्रका बहुमूल्य सामनहरुप्रति स्थानीय सरकारले अब चासो र ध्यानमा राखी संरक्षण गर्न लागेकोमा आम नागरिकको चासोको विषय बनेको छ ।

अबका पुस्ताहरूले आफ्नो संस्कृति बिर्सिएर विदेशी चलन अँगाले पनि आफ्नो पहिचान के हो भन्ने अर्थ हुँदैन । गाउँपालिका अध्यक्ष कैसाङनुर्पुले भने गोसाईंकुण्ड गाउँपालिका क्षेत्र भित्रका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेका स्थान र सम्पदाहरूको मौलिक एवम् प्राचीन नामहरूको खोजी गरी त्यस्ता स्थानहरूको मौलिकतालाई संरक्षण एवम् प्रवर्द्धन गर्दै समेत लागिने छ ।

तपाईको प्रतिक्रिया