मानसरोवर जाने बढे


रसुवागढी नाका हुँदै कैलाश मानसरोवर जाने तिर्थयात्री बढेका छन् ।

अरुबाट भन्दा रसुवागढीबाट छिटो पुगिने हुँदा बढेको अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीले बताए । यहाँबाट भारतीय तीर्थयात्रीको आवातजावत बढेको हो ।

अहिले त्यहाँसम्मै यातायातको सुविधा भएकाले तीर्थयात्रीलाई सहज भएको छ । १ हजार ७ सय ८३ जनाले सो नाका प्रयोग गरेको प्रमुख घर्तीले बताए ।

दुरीको हिसाबले सो नाकाबाट मानसरोवर ६ सय किलोमिटर टाढा रहेको छ । समुद्री सतहबाट ६ हजार ६ सय ३८ मिटर उचाईमा छ ।

तपाईको प्रतिक्रिया