कमला घिमिरेको तीजगीत `हान्छु तिम्लाई लौरीले´ बजारमा

सैलुङअनलाइन संवाददाता
काठमाडौं

बाल कलाकार कमला घिमिरे र खेम सेञ्चुरीको स्वरमा रहेको तीजगीत `हान्छु तिम्लाई लौरीले´ बजारमा आएको छ । गीतलाई शुभारम्भ डिजिटल म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा शब्द संकलन नेत्र अर्याल र संगीत सेञ्चुरीको हो । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा सेञ्चुरी, घिमिरे, सरस्वती फुयाँल, आयुषा गौतम, रवीना बसेल, विवेक इटनी र आयुष अधिकारीले अभिनय गर्नुभएको छ ।

सेञ्चुरी र घिमिरेको स्वरमा रहेको गीत `लरिलरि लै, रुन्छु बरिलै´ लाई दर्शकस्रोताले गतवर्ष रुचाएका थिए । यस वर्षको तीजगीतलाई पनि रुचाउनेमा आफूहरु आशावादी रहेको शुभारम्भ डिजिटलका व्यवस्थापक शम्भु कुँवरले बताए ।

तपाईको प्रतिक्रिया