आगामि निर्वाचनसम्म धैर्य गर्न म साथीहरुलाई आग्रह गर्छु : प्रधानमन्त्री ओली

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकतन्त्रप्रतिको निष्ठा र प्रतिबद्धताप्रति विरोधीहरुले अनावाश्यक भ्रम फैलाइएको भन्दै त्यस्ता भ्रम नफैलाउन चेतावनी दिएका छन् ।

प्रतिनिधिसभामा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको आलोचनाका नाममा प्रतिगमन फर्काउने काम सरकारलाई सैह्य नहुने बताए ।

प्रधानमन्त्री ओलीले अर्को चुनावसम्म सरकारको नेतृत्व आफैले गर्ने बताएका छन् । उनले भने- ‘प्रधानमन्त्री पद जाने भयो भनेर लगलग कामेको छ भनेको सुनेको छु । त्यस्ता तत्त्वहरु नहौसिए हुने हो । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । अर्को निर्वाचनसम्म धैर्य गर्न म साथीहरुलाई आग्रह गर्छु ।’

प्रधानमन्त्री ओलीले सरकार जनताको निराशामा टेकेर बनेको नभई पार्टीले अगाडि सारेको नीतिमा विश्वास गरेर जनताले सरकार गठन गर्ने जनादेश दिएको भन्दै उनले भने, ‘मैले कुनै भावावेशमा होइन भनेर किन भनिरहेको छु भने यस सरकारको लोकतन्त्रप्रतिको निष्ठामा अनावश्यक भ्रम फिजाउने प्रयास भइरहेको छ ।’ उनले भने, ‘लोकतन्त्र दमनकारी प्रणाली नभएकाले पुरानो प्रणालीका पक्षधरले खुलेआम गतिविधि गरिरहेका छन् ।’

‘यो सरकार अचानक ह्वीम र जनताको फ्रस्टेशनबाट बनेको सरकार होइन, यसको संघर्ष र बलिदानको इतिहास छ । आवेग, उत्तेजना र फ्रस्टेशनबाट सरकार बनेको होइन । जनताको जनादेशबाट यो सरकार गठन भएको हो,’ प्रधानमन्त्रीको भनाई छ । विकास निर्माण र आर्थिक बृद्धि दर बढेको भन्दै उनले तैपनि केही भएन भन्नेहरुलाई केही भन्न नसक्ने बताए ।

सरकारको लोकतन्त्रप्रतिको निष्ठाका सम्बन्धमा अनावाश्यक भ्रम र हल्ला फैलाउने काम भएपनि त्यो सफल हुन सक्ने प्रधानमन्त्री ओलीले दावी गरे ।

प्रधानमन्त्री ओलीले सरकारले ७ प्रतिशत आर्थिक बृद्धिदरको सफलता हासिल गरेको भन्दै सरकारको लोपप्रीयताबाट बिरोधीहरु अत्तालिएको उल्लेख गरे ।

उनले विगतमा संसदीय अभ्यासमा केही त्रुटिहरु भएका कारण आफूले बोल्न नपाएको बताउदै उनले हामीले लडेर ल्याएको लोकतन्त्रको संसदमा राम्रो अभ्यास भएको बताए । उनले नेपालको लोकतन्त्रको अभ्यास दुनियाँको अभ्यास भन्दा उत्कृष्ट बनाएर लैजानुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका