जापानमा नेपाली विद्यार्थीहरुद्वारा गठित २ संस्था नेपाल जापान विद्यार्थी समाज र नेपाली विद्यार्थी समाज जापान (नेसाज) बीच एकता अधिवेशनको पूर्व तयारीका लागी मूलआयोजक समितिको अन्तरक्रिया कार्यक्रम तथा पत्रकार सम्मेलन आज नागोया स्थित नमस्ते गुरु रेस्टूरेन्टमा सम्पन्न भएको छ ।
नेपाल जापान विद्यार्थी समाज र नेपाली विद्यार्थी समाज जापान (नेसाज) बीच एकता अधिवेशन आगामी सेप्टेम्बर २२ तारिखका दिन जापानको नागोयामा हुने बताएको छ । उक्त एकता पश्चात संस्थाको नाम भने नेपाली विद्यार्थी समाज जापान (नेसाज) रहने मूलआयोजक समितिले निर्णय गरेको छ । १९९७ मा गठित नेपाली विद्यार्थी समाज जापान र २०१५ मा गठित नेपाल जापान विद्यार्थी समाजको एकता पश्चात विद्यार्थीहरुका विविध समस्या समाधान गर्न थप सहज हुने विश्वास गरिएको छ । जापानमा अध्यनरत् बिद्यार्थीहरूलाई आकस्मिक राहतकोष निर्माणका लागी बृहत् सांस्कृतिक कार्यक्रम समेत गर्ने आजको बैठकले निर्णय गरेको छ । जस अन्तर्गत महाधिबेशनसम्ममा १० लाख भन्दा माथीको आपतकालीन राहत कोष संकलन गर्ने तथा अनलाईनको माध्यमबाट सदस्यता खुलाउने गरी प्रतिबद्धता सहित कार्यबिधी तयार पार्ने सहमती भएको छ ।
चेतन पौडेल सभापतिरहेको कार्यक्रममा तेज प्रकाश गुरुङ्ले स्वागत मन्तब्य राख्नू भएको थियो । भने कार्यक्रम महासचिव कृष्ण प्रसाद भुसालले संचालन गर्नू भएको थियो । कार्यक्रमका प्रमुख अथिति एसिया प्यासीफ़िक उप -संयोजल पारसमणि पोखरेलले सुभकामना मन्तव्यका क्रममा नेपाली विद्यार्थीहरुद्वारा गठित २ संस्था नेपाल जापान विद्यार्थी समाज र नेपाली विद्यार्थी समाज जापान (नेसाज) बीच एकता अधिवेशन सफलताको लागि सुभकामन दिनुका साथै यो सस्था धेरै पुरानो रहेको र यसलाई एनआरएनए जापानले सधै साथ दिने पनि बताउनु भयो ।
बिशेष अतिथिहरुमा एसियाप्यासीफ़िक निवर्तमान सह -संयोजक गोविन्द श्रेष्ठ , आइसीसी सदस्य डिलराम खरेल र अनेसास एसियाका सचिव एवं एनआरएनए नागोयाका पूर्व अध्यक्ष विष्णु प्रसाद घिमिरेले पनि आफ्नो मन्तब्य राख्नू भएको थियो ।
त्यसै गरी अथितिहरुमा एनआरएनए नागोयाका अध्यक्ष श्याम शितल श्रेष्ठ ,पूर्व अध्यक्ष दीपक कार्की ,नेसाजका पूर्व अध्यक्ष ऋषभ पौडेल , बिमल अधिकारी लगाएतले शुभकामना मन्तव्य राख्दै विद्यार्थी समाजको हरेक कार्यक्रममा पूर्ण रुपमा आफुहरुको साथ र सहयोग रहने बताए ।