सन्नी लियोनी नेपाली गीतमा


चलचित्र ‘पासवर्ड’ मा समावेश ‘आजको साम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भदौ २७ को मिति तय गरेको उक्त चलचित्रको गीतमा बलिउडकी आइटम गर्ल सन्नी लियोनीले नृत्य गरेकी छिन् ।

गीतमा विक्रम जोशीको शब्दमा महाराज थापाको एरेञ्ज रहेको छ । अर्जुन पोखरेलको संगीतमा दुर्गा खरेलले स्वर दिएकी छिन् ।

सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रलाई अमित बस्नेत र हिराल जोशीले निर्माण गरेका हुन् । विष्णु देवाको कोरियोग्राफी रहेको गीतको भिडियोमा अमर जीत सिंहको छायांकन छ ।

चलचित्रका मुख्य कलाकार अनुप विक्रम शाही र विक्रम जोशीलाई देख्न सकिन्छ । चलचित्रमा वुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतको पनि अभिनय रहेका छन् ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया