क्रिकेट खेल्न सन्दीप बेलायत जाँदै

सैलुङअनलाइन संवाददाता
काठमाडौं

`द हन्ड्रेड´ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै छन् । सो प्रतियोगिता खेल्न लामिछाने बिहीबार राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सो अवधिमा दुईपटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउनेछन् ।

`द हन्ड्रेड´ क्रिकेट प्रतियोगिता उहाँले ओभलबाट खेल्नुहुनेछ । `द हन्ड्रेड´प्रतियोगिता आगामी साउन ७ गतेदेखि शुरु हुँदैछ । लामिछाने सम्मिलित टोली ओभलले उद्घाटन खेल म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ । सो प्रतियोगिता बेलायत र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो ।

गतवर्ष हुने भनिएको सो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगन भएको थियो । `द हन्ड्रेड´ क्रिकेट प्रतियोगिताका लागि २० वर्षीय लामिछाने एक लाख पाउण्डमा अनुबन्धित भएको हो । `द हन्ड्रेड´ प्रतियोगितापछि उनले क्यारेबीयन प्रिमियर लिग सिपिएल खेल्ने तय भएको व्यवस्थापक सिवाकोटीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया