पूर्वराजदूत झाका सुरक्षागार्ड तामाङ पुनः काभ्रेबाट पक्राउ

काठमाडाैं

पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा पुनः सुरक्षागार्ड कान्छाराज तामाङलाई काभ्रेको खोपासीबाट पक्राउ गरेका छन् । तर, उनीहरुविरुद्ध प्रमाण फेला नपरेपछि सबै छुटेका थिए ।

झाकी पत्नी जानु झाले तामाङविरुद्ध काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी समेत दिएकी छन् ।

गत वर्ष ४ भदौमा ८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या भएको थियो । लगत्तै, अनुसन्धानका लागि सुरक्षागार्ड तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई पक्राउ गरिएको थियो ।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाले बताए ।

तपाईको प्रतिक्रिया