बौंद्धनाथ क्षेत्र विकास समितिले उपत्यकामा प्रचलित गाईजात्रा तथा रोपाइजात्रा शुक्रबार मनाएको छ ।
ऐतिहासिक सांस्कृतिक, धार्मिक र पौंराणिक महत्व बोकेको यो जात्रा विगतका वर्ष झै यस वर्ष पनि विविध प्रदर्शनकासाथ नगर परिक्रमा गरी मनाएको हो ।
जत्रामा विविध कला प्रस्तुत गर्ने उत्कृष्ट कलाकारहरुलाई पुरस्कृतसमेत गरेका थिए । उनीहरूलार्इ संघीय सांसद कृष्ण रार्इ, रमेश्वर फुयाँल लगायतले पुरस्कार प्रदान गरेका थिए । जात्रा सम्पन्न गर्न विभिन्न समिति गठन गरेका थिए ।