तामाङ प्रसारण दिवस मनायो

तामाङ भाषा संरक्षणको नारा मात्रै होइन, व्यवहारमा लागु गर्ने पर्ने चुनौती

दक्षिण कोरिया

तामाङ पत्रकार संघ दक्षिण कोरियाले पनि २५ औं प्रसारण दिवस (रजत जयन्ती) मनायो । शनिबार बेलुका शुभकामना तथा नेपाली पत्रकारितामा तामाङ पत्रकारको अवस्था र चुनौती बारे कार्यपत्र प्रस्तुतसँगै मनाएको हो ।

वि.सं. २०५१ भदौ १ गते रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रशारण सुरु भएको थियो । यसै दिनलाई आधार मानेर २०६१ मा स्थापना भएको तामाङ पत्रकार संघ ९तामाङ सञ्चार समूह०ले तामाङ प्रशारण दिवस मान्न थालिएको हो ।

राजधानी सउलमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष कोरियाको अध्यक्ष युगेल तेन्डुप शेर्पा थियो । प्रमुख अतिथि अध्यक्ष शेर्पाले यो वर्ष संयुक्त राष्ट्रसंघले ‘आदिवासी भाषा वर्ष’ मुल नारा तय गरेर २५ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस पनि मनाइरहदा तामाङहरुको सञ्चार क्षेत्रमा भाषा प्रसारणको पनि २५ वर्ष पुगेकोमा खुशी ब्यक्त गर्दै शुभकामना दिए । उने यी यस्ता गतिविधिले जातिय, समुदायका पहिचान स्थापित हुन टेवा पुग्ने बताए ।

यस्तै विशेष अतिथि नेपाल पत्रकार महासंघ कोरियाका अध्यक्ष रञ्जनराज कुँवर, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष कोरियाको पूर्व अध्यक्ष चित्रबहादुर मोक्तानलगायत उपस्थित अथितिहरुले रेडियो नेपालमा प्रसारण भइरहेको तामाङ भाषाको समाचारको सम्झना गर्दै भाषाले मिडियामा पाएको प्राथामिकता बारे चर्चा गरेका थिए ।

त्यस्तै फोनिज कोरियाको अध्यक्ष तथा संघका सल्लाहकार पत्रकार गोकुल थोकरले नेपाली पत्रकारितामा तामाङ पत्रकारको अवस्था र चुनौती बारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमा व्यावसायीक पत्रकारितामा निकै तामाङ पत्रकार निकै पछाडी रहेको सुनाए । उनले तामाङ भाषामा समाचार प्रसारण भएको २५ वर्ष पूरा भएको अवस्थामा अब तामाङ पत्रकारिताको स्तरियताको मापन गर्ने बेला भयो भन्ने बताए । यस्तै तामाङ पत्रकारले मिडियामा आगामी दिनमा तामाङ पत्रकार भइहिड्न र देख्दा सजिलो लागे पनि त्यति सजिलो नभएको कार्यपत्रको चुनौतीमा प्रस्तुत गरे । नेपाली भाषामा पत्रकारिता गर्नलाई भाषा, सम्बन्धीत ‘विट’ त्यही ’विट’को राम्रो ज्ञान लिन हुनेपर्ने चुनौती रहेको बताए । नत्र हामी यति धेरै छौ भनेर टाउको गनेर मात्र हुँदैन । सधै रेडियोमा सेलो जुहारी बजाएर नाचेर मात्रै पनि तामाङ पत्रकारिता अघि बढ्दैन, कार्यत्रपत्रमा उल्लेख छ ।

अथितिहरुमा सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामा, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष सोम तामाङ, नेपाल तामाङ संघ, दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबा तामाङ, तामाङ पत्रकार संघ, नेपालका केन्द्रीय सदस्य शुभराज भोम्जन, प्रदेश नम्बर ३ एकता समाज, दक्षिण कोरियाका अध्यक्ष, किशोर ब्लोन नियोग, वुमन फर वुमन दक्षिण कोरियाका कोषाध्यक्ष पार्वती मोक्तान तामाङ, रामेछाप सम्पर्क समिति, दक्षिण कोरियाका अध्यक्ष रविप्रताप घिसिङ, मकवानपुर सम्पर्क मञ्च, दक्षिण कोरियाका अध्यक्ष राज गोले तामाङको उपस्थिति थियो ।

कार्यक्रममा संघका अध्यक्ष सिमा लामाको सभापतित्वमा भएको थियो । उनले कार्यक्रममा उपस्थित अतिथिहरुलाई धन्यवाद दिर्दै पत्रकार संघमा सबैले साथ सहयोग दिएको खुशी व्यक्त गरिन् । उनले विगतमा संघले सञ्चालन गरेका पत्रकारित तालिमबाट केही प्रभाव भइरहेको बताइन् । उनले भने, भाषालाई संरक्षणको नारा मात्रै होइन, तामाङ संस्था, भेटघाट हुँदा बोले मात्रै भाषा जगेर्न हुन्छ ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका