रुम्बाको डेब्यू गीत `झर्के त थालमा सुनपाती धुप´

सिम्रन मोक्तान संवाददाता
काठमाडौँ

झाँगिँदै गएको सांगीतिक क्षेत्रमा नयाँ नयाँ अनुहारहरू भित्री रहेको छ । यसै क्रममा रामेछापकी सुस्मिता रुम्बा तामाङले तामाङ सेलो`झर्के त थालमा सुनपाती धुप´ बोलको गीतबाट डेब्यू गरेकी छिन् ।

तामाङले डेब्यू गरेको गीतमा गायक विशाल पाख्रिनले आवाज साथ दिएको छ । सानैदेखि गीतसंगीतमा रुचि रहेको यस क्षेत्रमा निरन्तरता लागि रहने उनले बताइन् ।

गीतमा गायक पाख्रिनको शब्द एवं सङ्गीत रहेको छ । विशाल योञ्जन एरेन्जर गरेको गीतमा मिक्सिङ डिक गुरुङले गरेका हुन् ।

नायक तथा निर्देशक अमिर दोङको निर्देशन रहेको गीतको भिडियोमा सुनिता लुङ्बा, किरण ब्लोन, प्रबल थिङ, सन्ध्या मोक्तान लगायतको अभिनय रहेका छन् ।  गीतको भिडियोलाई सुमन तामाङले खिचेका हुन् । नृत्य निर्देशन भने युद्ध लामा ब्लोनको रहेको छ । त्यसै गरी मेकअपमा आदित्य लामाले सम्हालेको छ ।

प्रस्तुत गीतमा पूजामा भेटघाट भएपछि राजनीतिदेखि संस्कृतिसम्मको कुरालाई जुहारी उतारेका छन् ।

तपाईको प्रतिक्रिया