नौकुन्डको आफ्नै भवन बनेपछि कार्य सञ्चालनमा सहज

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
658 Shares
रसुवा

रसुवाको नौकुण्ड गाउँपालिकाको १४ कोठे भवन निर्माण सम्पन्न भएको छ । आफ्नै भवन बनेपछि दैनिक कार्य सञ्चालनमा थप सहज भएको छ ।

गत वर्ष उपभोक्ता समिति मार्फत करिब ४० लाख रूपैया र टेन्डर मार्फत २० लाख गरी ७० लाखको लगानीमा भवन निर्माण भएको हो ।

नौकुण्ड ३ पारच्याङका दमैसार्कि घले र उनको भाइहरूको संयुक्तमा रहेको ८ रोपनी जग्गा पालिका र प्रहरी चौकीलाई भवन निर्माण गर्न निःशुल्क दिएको हो ।

यस्तै गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोडदिई विद्यालय भवन, प्रहरी चौकीको भवन समेत निर्माण भएका छन् ।

जनप्रतिनिधि निर्वाचित भइसकेपछि हालसम्म १ सय किमी भन्दा बढी ग्रामीण सडक निर्माण र नियमित स्तरोन्नतिको काम भइरहेको पालिकाले जनाएको छ । ६ वटा वडा कार्यालय भएकोमा ३ वटाको आफ्नै भवन रहेको छ ।

जिल्लाको ५ वटा स्थानीय तहमध्ये नौकुण्डले मात्रै आफ्नै भवन निर्माण गरी कार्य सञ्चालन गर्ने पहिलो स्थानीय तह भएको छ ।

यस भवनमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य, शिक्षा, युवा तथा स्वरोजगार न्यायिक समिति, महिला बालबालिका शाखा, लेखा शाखा उद्योग लगायतका शाखा रहने उपाध्यक्ष सृजना लामाले बताइन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका