कोपा अमेरिका : डि मारियाको गोलले अर्जेन्टिनालाई उपाधि

सैलुङअनलाइन संवाददाता
काठमाडौँ
pic- Copa America

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ ।आइतबार बिहान भएको फाइनलमा अर्जेन्टिनाका खेलाडी एन्जल डी मारियाले गरेको गोल नै निर्णायक बने ।

खेलको २१ औँ मिनेटमा गरेको गोलले आयोजक ब्राजिललाई १(० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

यससँगै कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भएका छन् ।

अर्जेन्टिनाले २८ वर्षपछि उपाधि जित्न सफल भएका हुन् । सन् २००४ यता पाँच पटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको हो ।

मेसीले २००७, २०१५ र २०१६ को कोपा फाइनल र सन् २०१४ को विश्वकपको फाइनल खेलेका थिए।

तपाईको प्रतिक्रिया