यूरोकप फाइनल : इटाली र इङ्गल्यान्डमा कसले मार्ला बाजी ?

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

युरो कप २०२० को फाइनलमा इटाली र इङ्गल्यान्ड भिड्दैछन् । आइतबार मध्यरात नेपाली समयअनुसार १२.४५ मा हुने खेलबाट इटाली र इङ्गल्यान्डमध्ये एक टिमले उपाधि उचाल्नेछन् ।

यूरोकप फाइनलमा इंग्ल्यान्ड पहिलो पटक खेल्न लागेको हो भने इटाली चौथो पटक फाइनल खेल्दैछ ।

इटालीले एक पटक यूरोकपको उपाधि जितेका छन् । इटालीको यो मुख्य प्रतियोगितामा १० औँ फाइनल यात्रा हो । चार पटकको विश्व विजेता तथा १९६८ को युरो विजेता इटाली सन् २००० र २०१२ मा उपाधि नजिक पुगेर हारेको छ । सन् २००० मा फ्रान्स र २०१२ मा स्पेनले उसलाई फाइनलमा हराएका थिए ।

पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो ।

इंग्ल्यान्डले डेनमार्क २–१ गोल अन्तरले पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो ।

इङ्गल्यान्ड ५५ वर्षपछि यूरोकपको फाइनलमा पुगेको हो । यसअघि १९६६ मा उसले विश्वकप जितेका थिए ।

तपाईको प्रतिक्रिया