इटालीले चुमे यूरोकप २०२० को उपाधि

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

युरोकप २०२० को उपाधि इटालीले जितेको छ । सोमबार राती लन्डनस्थित बिम्बली रङ्गशालामा भएको फाइनलमा टाइब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेका हुन् । निर्धारित समयमा दुवै टिमको १-१ को बराबरी भएको थियो ।

खेलको सुरुवातमा इङ्ग्याण्डका खेलाडी  लुक शा ले २ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ट्रिपरको पासमा शाले घरेलु टोलीलाई अग्रता दिलाएका हुन् । उनको यो गोल युरोकपको फाइनल खेलमा गरिएको सबैभन्दा छिटो गोल हो ।

त्यस्तै इटालीका खेलाडी लियोनार्दो बुनुचीले ६७ मिनेटमा गोल गर्दै बराबरी बनाएको थियो ।

अतिरिक्त समयको खेलमा पनि गोल गर्न नसकेपछि टाइब्रेकरमा गएको हो ।

५५ वर्षपछि कुनै पनि ठुलो प्रतियोगिताको फाइनलमा पुगेको इङ्ग्याण्डले यसअघि १९६६ मा  विश्वकपको फाइनल जितेको थियो ।इङ्ग्याण्डको उपाधि चुम्ने सपना चकनाचुर भएको छ ।

त्यस्तै इटाली चौथो पटक फाइनल खेलेका हुन् भने उनले यसअघि पनि एक पटक यूरोकपको उपाधि जितेका छन् । इटालीको यो मुख्य प्रतियोगितामा १० औँ फाइनल यात्रा हो । चार पटकको विश्व विजेता तथा १९६८ को युरो विजेता इटाली सन् २००० र २०१२ मा उपाधि नजिक पुगेर हारेको छ ।

छिटो गोल गर्ने खेलाडी : शा

शा युरोकप फाइनलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन्। उनले १ मिनेट ५६ सेकेन्डमा गोल गरेका थिए।

सबै खाले फुटबल प्रतियोगिता भने यो पाँचौँ छिटो गोल हो। डिमिट्री किरिछेन्कोले रसिया र ग्रिसबिच सन् २००४ मा भएको खेलमा १ मिनेट ७ सेकेन्डमा गोल गरेका थिए।

तपाईको प्रतिक्रिया