कुवेत ट्याक्सी संघद्वारा आर्थिक सहयोग

अमृत लामा संवाददाता
0 Shares
कुवेत

नेपाली प्रबासी ट्याक्सी व्यवसायी संघ कुवेतले मृगौला फेल उर्मिला तामाङलाई आर्थिक सहयोग गरेको छ । संघले १ लाख १२ हजार रुपैयाँ शुक्रबार बिरामीको आफन्त सन्दीप लामाको नाममा पठाईएको छ।

संघमा वैदेशिक रोजगारको सिलसिलामा कुवेत आई ट्याक्सी चालकको रूपमा कार्यरत रहेका नेपाली युवाहरू छन् । संघले स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । यसैको निरंतरताका क्रममा मृगौला रोगी तामाङलाई सहयोग गरेको संघका अध्यक्ष सुनबहादुर तामाङले जानकारी दिए ।

दुई वर्षदेखि भक्तपुरस्थित अस्पतालमा तामाङको उपचार हुँदै आएको छ । रामेछाप लखनपुरकी बिरामी तामाङ विभिन्न संघसंस्थाको आर्थिकमा उपचाररत छिन् ।

तपाईको प्रतिक्रिया