नेपालमै पहिलो पटक मोटर स्पोर्ट्स एकेडेमीको सुरुवात

सैलुङअनलाइन

नेपालमा मोटर तथा मोटर साइक्लिङ स्पोर्ट्सको क्षेत्रमा विगत एक दशक भन्दा बढी समय देखि क्रियाशील, नेपाल अटोमोवाइल्स एसोसिएसन (NASA)द्वारा धुलिखेल स्थित हिमालयन मोटर ल्यान्डमा मोटर स्पोर्ट्स एकेडेमीको सुरुवात भएको छ ।

नासाद्वारा सुरु गरिएको यस एकेडेमीका लागि अल्टिमेट हिमालयन मोटर ल्यान्डका (UHML) इभेन्ट पार्टनर को रूपमा रहेको छ भने धुलिखेल नगरपालिकाको सहयोग रहनेछ ।

हिजो असार २६ गते को दिन मोटर ल्यान्डमा आयोजित, नासा नेपालका अध्यक्ष दशरथ रिसालले अध्यक्षता गरेका एक कार्यक्रमका बिच धुलिखेल नगर प्रमुख अशोककुमार बेन्जु श्रेष्ठले सो एकेडेमीको उद्घाटन गरेका थिए ।

कार्यक्रम संयोजक समेत रहेका नासा नेपालका उपाध्यक्ष अनिल कुमार बरालले यो कार्यक्रम सफलताका साथै नेपालमा मोटर स्पोर्ट्सको नयाँ आयाम थपिनेमा पूर्ण विश्वस्तता व्यक्त गर्दै नासा नेपालले मोटर स्पोर्ट्सको क्षेत्रमा विगत १० वर्ष देखि गरिरहेको सङ्घर्षमा यो एउटा ठुलो उपलब्धि अनि फड्को हुने बताए । त्यस्तै, सो एकेडेमीले ड्राइभर÷राइडर तयार, खेल लाइसेन्स वितरण , गर्ल अन द ट्रक ९न्ष्च ियल तजभ तचबअप¬० लगायतको अभियानहरुलाई वार्षिक कार्यक्रम बनाई अघि बढ्ने उपाध्यक्ष बरालले जानकारी गराए ।

नासा नेपालका सदस्य तथा अल्टिमेट हिमालयन मोटर ल्यान्डका प्रबन्ध निर्देशक दिप्रश शाक्यले कोरोनाले सिथिल पारेको यस मोटर ल्यान्ड छिट्टै नै विभिन्न प्रदेश तथा राष्ट्रियस्तरका खेल कार्यक्रमका साथ अघि बढ्ने बताए ।

कार्यक्रममा नासाका सचिव नीरज खड्काले नगरपालिकाबाट हालसम्म प्राप्त साथ र सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनमा समेत हातेमालो गर्दै धुलिखेललाई खेल पर्यटनको हब बनाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, कार्यक्रम अतिथिको रूपमा उपस्थित नासा नेपालका संस्थापक महासचिव गोविन्द भट्टराईले खेल तथा खेलाडी र भोलिन्टियरबीचको सम्बन्ध, खेल तथा खेलाडी ब्राण्डिङ्गको महत्त्व बारे प्रकाश पर्दै राखेप को तर्फबाट यस किसिमका साहसिक तथा पर्यटकीय खेललाई सदैव साथ , सहयोग र समर्थन रहने जनाए ।

काठमाडौँ इन्जिनियरिङ कलेज, धुलिखेल सञ्जीवनी कलेज, काठमाडौँ विश्वविद्यालय , लगायत अन्य कलेजहरूबाट कुल २०० जना लाई तालिम दिने लक्ष लिएको त्यस कार्यक्रममा कलेजका तर्फबाट प्रतिनिधिहरू को पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको दोस्रो चरणमा, काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रे लगायतका जिल्लाहरूबाट कार्यक्रम सहभागी कुल ४० जना लाई मार्सल तालिम समेत दिइयो जसमा ई सुशील तण्डुकार तथा उनको टिमले मार्शलिङ्गका लागि चाहिने आधारभूत ज्ञान बारे प्रस्तुति गर्यो भने धुलिखेल हस्पिटलको तर्फबाट कार्यक्रममा उपस्थित डा श्रेया श्रेष्ठ, तथा उहाँको टिमले आपत्कालीन उद्धार गर्ने बारे जानकारी गराए ।

थेउरी सत्रपछि सम्पूर्ण सहभागीहरुलाई ट्याकमा लागी प्राक्टिकल तालिम गराइएको थियो । साथै, उपस्थित अतिथिहरूको हातबाट सहभागीहरूलाई मेडिकल तथा ट्याक मार्सलको सर्टिफिकेट समेत प्रदान गरियो ।

तालिममा सहभागीहरू यस प्रकारको तालिम प्राप्त गरेको मा निकै नै उत्साहित देखिन्थे ।

तपाईको प्रतिक्रिया