राष्ट्रपतिबाट देउवालाई प्रधानमन्त्री नियुक्त, को को बन्दैछ मन्त्री ?

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
413 Shares
काठमाडाैं

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ ।

सर्वोच्च अदालत, संवैधानिक इजलासको सोमबारको फैसलाबमोजिम नेपाली काँग्रेस संसदीय दलका नेता देउवालाई आज सो नियुक्ति दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँण र ज्ञानेन्द्र बहादुर कार्कीलाई कानुन मन्त्री बनाएका छन् ।

खाँण काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुन् ।

त्यस्तै माओवादीबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बन्ने भएका छन् ।

देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् । आजै उनीहरुको सपथ ग्रहण हुनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया