यसरी बालकोट पुगे ओलीले (­फोटो फिचर)

सैलुङअनलाइन संवाददाता
काठमाडाैं
नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई निजी निवास बालकोट जाने क्रममा स्थानीयवासीले बालकोटमा स्वागत गर्दै । तस्विर ः रमेश गिरी÷ भक्तपुर

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारबाट बिदा भएका छन् ।

नेकपा एमालेका अध्यक्ष ओलीको बिदाइमा बालुवाटारबाट दर्जनौँ चार पाङ्ग्रे र दुईपांग्रे सवारी साधनसहित बालकोट गएका छन् ।

एमाले नेता एवं युवा सङ्घका इन्चार्ज महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरूलाई भेला गराउँदै त्यहीबाट र्‍यालीमार्फत बालकोटसम्म पुर्‍याएका हुन् ।

२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् ।

तपाईको प्रतिक्रिया