एनआइसीएसियाले घातक रोग उपचार बापतको बिमा भुक्तानी

सैलुङअनलाइन संवाददाता
झापा

एनआईसी एसिया बैङ्कले घातक रोगको उपचार बापत १० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरेको छ ।

झापा जिल्लास्थित दमक शाखामा न्यु सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका दमक-५, झापा निवासी ४४ वर्षीय गजेन्द्रविक्रम कटुवाललाई घातक रोगको उपचार बापत उक्त रकम भुक्तानी गरिएको हो ।

निजलाई यस बैङ्कको प्रदेश १ का डेपुटी पिएइ प्रकाशचन्द्र अधिकारीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त बिमा रकम एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरिएको छ ।

‘बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारा लिएको बैङ्कको भनाई निकै नै सार्थक लाग्यो । यस सुविधाले बैङ्कप्रतिको मेरो विश्वास र भरोसा अझ बढी भएको छ,’ गजेन्द्र विक्रम कटुवालले बताए ।

बैङ्कको बिमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४८५ जना भन्दा बढी ग्राहक महानुभावहरूले बिमा बापतको रू। ३ करोड २० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

यस बैङ्कले मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया