‘एमाले बहिर्गमनको कारण दलकै नेता’

सैलुङअनलाइन संवाददाता
बागमती

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरू भएको विचार व्यक्त गरिएको छ ।

हेटौँडा–१४ मयूरधापमा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री पौडेलले समृद्ध नेपाल सुखी नेपाली निर्माणको महाअभियानमा लागिरहेको इतिहासकै सफल केपी शर्मा ओली नेतृत्वको सरकारलाई सत्ताबाट बाहिर बनाउन सफलता हात पारेकाहरूको खुसी एक महिनामै दुःखमा परिणत हुने जिकिर गरे ।

कार्यक्रममा एमाले वाग्मती प्रदेश सङ्गठन विभाग प्रमुख अनन्त पौडेलले देशमा एकाएक कानुनी राजको अन्त्य भएको विचार व्यक्त गरे। वाग्मती प्रदेशसभा सदस्य जेनेली श्रेष्ठले नेपाली जनताले एमालेलाई विकासको संवाहकका रूपमा बुझिसकेका छन् भने । कार्यक्रममा विभिन्न दल परित्याग गरी ५० जनाभन्दा बढी एमाले प्रवेश गरेका थिए । उनीहरूलाई मुख्यमन्त्री पौडेललगायत नेताले माला लगाएर स्वागत गरिएको थियो ।

तपाईको प्रतिक्रिया