बाढीले रसुवाको बेलिब्रिज बगायो

0 Shares
रसुवा

आइतबार एक्कासि भोटेकोसी नदीमा आएको बाढीले रसुवामा बेलिब्रिज बगाएको छ । एक्कासी नदीमा आएको बाढीले सडक कटान गरेपछि सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिजसँगै पेनस्टक पाईप पनि बगाएको हो ।

पुल बगाएपछि बन्दरगाहबाट विद्युत आयोजनातर्फको बाँधस्थलमा रहेको कफर ड्याम्म पुर्ण क्षति र आवातजावत बन्द भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

सशस्त्र प्रहरी २१ नम्बर गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाका अनुसार पानीको बहाव अत्याधिक बढेपछि नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आइतबार राती नै भोटेकोशी नदीको बहाव बढ्ने घट्ने क्रम भईरहेको छ जिल्ला प्रशासन कार्यालय रसुवा जानकारी दिएका थिए । राती नै गोसाईकुन्ड गाउँपालिका- २ स्थित टिमुरे भन्सार यार्डमा खोला पस्ने सम्भावना देखिएकाले त्यहाँ भएका सवारीसाधनहरु हटाएका थिए ।

पावर हाउस क्षति गर्न सक्ने र दुर्घटना हुन सक्ने भएकाले पावर कट अफ गरिएको प्रजिअ भण्डारीले बताए ।

यहाँ कार्यरत ४५ कर्मचारी राति नै क्याम्प छोडेर बाहिरिएका थिए ।

यस्तै उतरगया गाउँपालिकास्थित मैलुङ, खाल्टेबासीलाई रातिनै सुरक्षित स्थानमा सारिएको प्रजिअ भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका