पल र श्री अभिनीत ‘फूलकुमारी’ सार्वजनिक

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

नायक पल शाह र कान्तिपुर टिभीकी चर्चित समाचार वाचिका श्री पाण्डे अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको
छ ।

डा। प्रकाश पौडेलको शब्द र राजनराज सिवाकोटीको स्वर र सङ्गीत रहेको गीत ‘फूलकुमारी’ भिडियोमा मोडेल श्री पाण्डे र नायक पल शाहको अनस्क्रीन रोमान्स गरेका छन् ।

गीतको भिडियोमा काठमाडौँ उपत्यका आसपासका रमणीय ठाउँहरूलाई समेटिएर छायाङ्कन गरिएको छ ।

उत्सव दाहालको क्यामेरा, विकास दाहालको सम्पादन रहेको ुफूलकुमारीुलाई ‘ट्वान्टीवान लभ’, ‘यु एन आई’ जस्ता सफल सिरिजका निर्देशक सरिन पोखरेलले निर्देशन गरेका हुन् ।

विगत १७ वर्षदेखि नेपाली गीत सङ्गीतको क्षेत्रमा सक्रिय म्युजिक कम्पनी एसियन म्युजिक कम्पनीले भिडियोको बजार व्यवस्थापनको जिम्मा लिएको छ ।

गीतलाई युट्युब लगायत संसारभर ७० वटा डिजिटल प्लेटफर्म एकै पटक सार्वजनिक गरिएको एसियन म्युजिक कम्पनीका प्रमुख निर्देशक ईश्वर गुरुङले जानकारी दिए ।

पेसाले चिकित्सक रहेका डा।प्रकाश पौडेल विगत केही वर्षदेखि नेपाली साङ्गीतिक क्षेत्रमा सफल गीतकारको परिचय बनाइसकेका छन् ।

तपाईको प्रतिक्रिया