‘थे एला बोली’को भिडियो सार्वजनिक

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

तामाङ भाषाको म्युजिक भिडियो ‘थे एला बोली’ शनिबार सार्वजनिक भएको छ ।

कृष्ण ब्लोनद्वारा सम्पादन‚ कोरियोग्राफी र निर्देशन गरेको भिडियोमा मोडलद्वय अरुण लामा र निरान्जली लामाले फिचरिङ गरेका छन् ।

एक कार्यक्रमकाबीच सार्वजनिक गरेको भिडियोमा नेपाली काँग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति विकास  लामाले भिडियो उत्कृष्ट बनेको प्रशंसा गरे । सभापति लामाले अहिले प्रविधिको विकाससँगै उत्कृष्ट भिडियो बनाउन सहज बन्दै गएको बताए ।

त्यस्तै सिन्धुपाल्चोक क्षेत्र नं २ का क्षेत्रीय सभापति आइतमान तामाङले तामाङ परम्परा अनुसार नै भिडियो बनेको बताउँदै यसले अन्तरास्ट्रियस्तरमा जमात जमाउने बताए ।

तरुण दल क्षेत्र नं २ का क्षेत्रीय सभापति एवं निर्माण व्यवसायी अनिल लामाले कलाकार क्षेत्रलाई प्रोत्साहन गर्नु जरुरी रहेको औँल्याए ।

भिडियोको गीतमा शब्द/स्वर विशाल काल्तान र गायिका जितु लोप्चनको रहेका छन् ।

सूर्य लामाद्वारा छायाङ्कन गरेको भिडियोमा पिरतीको आभासमा कलाकारद्वयको अनस्क्रिन रोमान्स देखिएको छ ।

म्युजिक भिडियो निर्माणका लागि विभिन्न व्यक्तिबाट सहयोग समेत गरेको थिए ।

कार्यक्रममा युवा नेताहरू, व्यवसायीहरू र कलाकारहरूको उपस्थित भएका थिए ।

कार्यक्रमका सभापति एवं यसै गीतका स्वरङ्कन विशाल काल्तानले तामाङ म्युजिक भिडियोमाझ अर्को नयाँ आगमन भएको बताए ।

तपाईको प्रतिक्रिया