जिल्ला स्थित प्रशासन कार्यालय रसुवाले प्रदेश अन्तरगत ८ वटा विभिन्न कार्यालयहरूमा छड्के निरीक्षण गरेको छ ।
आइतबार सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराई नेतृत्वले डिभिजन वन कार्यालय, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति र कृषि ज्ञान केन्द्रमा छड्के निरीक्षण गरिएको थियो ।
छड्के टोलीले कृषि ज्ञान केन्द्र बन्द रहेको, ६ वटाका कार्यालय प्रमुख अनुपस्थित रहेको, ३ जनाले तोकिएको पोशाक नलगाएको भेटिएको जानकारी दिए । त्यसैक्रममा ४६ जना कर्मचारी अनुपस्थित रहेको जिल्ला प्रशासन कार्यालयले प्रेस नोट जारी गरेको छ।
राष्ट्रसेवक कर्मचारीहरूको सेवाग्राहीप्रति लापारवाही देखिएकोले नियमानुसार नभएको हकमा कानूनी कारबाही अगाडि बढाइने सहायक प्रजिअ भट्टराई जानकारी दिइन् ।