साउदीस्थित दूतावासले राहदानी नवीकरण गर्न अस्थायी शिविर संचालन गर्ने

नवराज तामाङ सैलुङअनलाइन
साउदी अरेबिया

साउदी अरेबियास्थित नेपाली दूतावासले राहदानी नवीकरणका लागि यही अगस्ट १३ तारीख आवेदन संकलन गर्ने भएको छ । दूतावासले पूर्वी क्षेत्रका दमाम शहरमा अस्थायी कार्यालय संचालन गरेर राहदानी आबेदन संकलन गर्ने सूचना जारी गरेर जानकारी दिइएको हो ।

दूतावासले दमामको अल असेम रेस्ट हाउस फर फेस्टिवल्स अल फैसालियामा (Al Asemah Rest-house for Festivals Al Faisaliah) लोकेशन:https://goo.gl/maps/GzZa6gu8b8McW9Ti9 मा एकदिने अस्थायी कार्यालय संचालन गरेर डिसेम्बर ४ तारीख शुक्रबार आवेदन संकलन गर्न लागिएको कार्यबाहक राजदूत दिलीपकुमार पौडेलले बताए । उनका अनुसार कोभिड-१९ का कारण एक घन्टामा १० देखि १२ वटा मात्र राहदानी आवेदन संकलन गर्न सकिने छन् । सेवाग्राहीलाई स्थानीय स्तरबाटनै सेवा दिने हेतुले अस्थायी कार्यालय संचालन गर्न लागिएको कार्यबाहक राजदूत पौडेलले जानकारी दिए ।

शुक्रबार बिहान ७.०० बजेदेखि संचालन हुने आवेदन संकलनका लागी सक्कल राहदानी वा राहदानीको फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक एक प्रति चाहिने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ । त्यसैगरी राहदानी आवेदन संकलनका लागि नागरिकताको समेत फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी) ल्याउन दूतावासले अनुरोध गरेको छ ।

त्यसैगरी राहदानी दस्तुर साउदी रियाल २ सय तोकिएको छ । हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भएमा साउदी रियाल ४ सय लाग्ने दूतावासले सूचनामा लेखिएको छ । दूतावासले राहदानी नवीकरणका लागि यसअघि साउदी अरबका विभिन्न शहरमा अस्थायी शिविर सञ्चालन गरेका थिए ।

दूतावासको पुनः राहदानी नवीकरणका लागि अस्थायी शिविर संचालनले यहाँ कोरोना महामारीका कारण सेवा नपाएका नेपालीहरु लाभान्वित हुनेछन् । पछिल्लो चरण साउदी सरकारले बिना सर्त रोजगारदाता परिवर्तन गर्न पाउने प्रावधान ल्याएपछि दूतावासबाट राहदानी नवीकरण गर्नेको संख्यामा वृद्धि आएको हो ।

तपाईको प्रतिक्रिया