प्रधानमन्त्री शेरबहादुर देउवालाई बहुमतको मत पुग्ने भएपछि नेकपा एमाले माधव नेपाल पक्षका सांसदहरू प्रतिनिधि सभा बैठकबाट बाहिरिएका छन् ।
प्रधानमन्त्री देउवाले पेस गरेको विश्वासको मतमा तटस्थ रहने भन्दै उनीहरू बाहिरिएका हुन् । नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, यज्ञराज सुनुवार, झपट रावल, सोमबहादुर पाण्डे र राजबहादुर बुढालगायतले विश्वासको मत नदिने भएका छन् ।
उनीहरूले भनेका छन्‚ ‘हामीले विश्वासको मतको पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णय गरेका छौँ।’
जसपाका महन्थ ठाकुर पक्षले विश्वासको मत दिने भएपछि प्रधानमन्त्री देउवालाई बहुमत पुग्ने भएको छ ।
यो पनि