साउदीमा पनि नेवाःले मनाए गाईजात्रा

नेवा: समाजको अध्यक्षमा श्रीकृष्ण श्रेष्ठ

नवराज तामाङ संवाददाता
14 Shares
साउदी, दमाम

नेवाः समाज साउदीले शुक्रबार दमामस्थित रोज रेस्टुरेन्टमा क्वाँटी पून्हि र गाईजात्रा मनाएको छ । उनीहरुले बर्षभरीका दिवंगत आफन्तको सम्झनामा गरि पुरुषोत्तमदास श्रेष्ठको दम्पत्ति र आदर्श गुवाजुले संयुक्त रुपमा पूजासहित गाइजात्रा मनाए ।

कार्यक्रममा कलाकारहरुले समसमायित गाइजात्रे व्यग्यांत्मक प्रहसनसहित ‘राजमती वा’ र ‘घिन्ताङ घिसी ताङ’ गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

सल्लाहकार पुरुषोत्तमदास श्रेष्ठले, क्वाँटी पून्हि र गाईजात्राको महत्वबारे प्रकाश पार्दै नेवार समुदायमा पेशागत र जाती विविधता रहेको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावासका कर्मचारी हरीप्रमाद घिमिरेले प्रवासमा रहेका नेवारले समेत आफ्ना कला, संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्दै सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गरे ।
सोही अवसरमा श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति पनि चयन गरियो ।

समितिमा प्रथम उपाध्यक्ष रोशन श्रेष्ठ, द्वितीय उपाध्यक्ष सनिता श्रेष्ठ, उपाध्यक्ष तथा कार्यक्रम संयोजन सम्झना श्रेष्ठ, उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप विन्ति श्रेष्ठ, उपाध्यक्ष नेवाः भाषा लिपी प्रबर्द्धन रवि श्रेष्ठ, उपाध्यक्ष तथा व्यवस्थापन इन्दिरा श्रेष्ठ, महासचिव रोशनएन श्रेष्ठ, सचिव अकल प्रधान, सहसचिव तुलसी दुवाल, कोषाध्यक्ष सूर्य श्रेष्ठ, सहकोषाध्यक्ष आदर्श गुभाजु चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः श्याम श्रेष्ठ, ऋषि श्रेष्ठ, सुनिता दुवाल, मुक्ति श्रेष्ठ र सविन श्रेष्ठ छन् ।

प्रमुख सल्लाहकार पुरुषोत्तम दास श्रेष्ठ र सल्लाहकार जेसकुमार श्रेष्ठ रहेको छ ।

कार्यक्रममा अन्तरसंस्था समन्वय समितिका अध्यक्ष कृष्ण पुरी, एनआरएन गल्फ महिला उपसंयोजक यसमीन बेगम सायद, एनआरएन मानार्थ सदस्य राजु सायद,एनआरएन एनसीसीका सदस्य जोन अर्याल, एनआरएन साउदीका महिला संयोजक रविना अर्याल, दिदीबहिनी समूहकी अध्यक्ष तुलसी माया गुरुङ, मगर संघका कार्यबाहक अध्यक्ष बम थामा मगर, किराँत राई यायोख्याका अध्यक्ष, सिके चाम्लिङ, स्याङ्जा सहयोग समाजका अध्यक्ष बाल कृष्ण पंगेनी, अन्तर्रा्ष्ट्रिय रोल्पाली सहयोग समाजका कोषाध्यक्ष भिम बुढा मगर, व्यवसायी कुमार हुमागाई, पत्रकार तथा समाजिक अभियन्ता टीका केसी लगायतले शुभकामना दिएका थिए ।

समाजका अध्यक्ष श्रेष्ठले काठमाण्डौं टोखा–१ का ब्लड क्यान्सर रोगी ४ वर्षीय संगम महर्जनको सहयोगार्थ संचालित अभियानमा अहिलेसम्म संकलित रकमको विवरण प्रस्तुत गर्दै अभियान स्थगित गरिएको जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका