देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने

सैलुङअनलाइन संवाददाता
ललितपुर

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदहरुलाई नेकपा (एमाले)ले २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ ।

सोमबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको अनुशासन उल्लंघन गर्दै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री देउवाले आइतबार संसदमा विश्वासको मत मागेका थिए । प्रधानमन्त्री देउवालाई एमालेका सांसदहरू माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विसुंखे, हिराचन्द्र केसी, किसान श्रेष्ठ, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पार्टी निर्णयविपरीत विश्वासको मत दिएका थिए ।

बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी छैनन् । माधव पक्षले बैठकलाई एकतर्फी बैठक भएको संज्ञा दिएका छन् ।

तपाईको प्रतिक्रिया