ग्रेट वालका तीन मोडल नेपाली बजारमा

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

ग्रेट वाल मोटर्सका तीन मोडल नेपाली बजारमा भित्रिएको छ । उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी सवारका लागि ग्रेट वाल मोटर्सका गाडीहरू पर्यायवाची नै बनिसकेका छन् ।

नेपालको अटोमोटिभ डिलरशिप क्षेत्रमा विविध अनुभव बोकेको विशाल ग्रुपको सहायक संस्था भी.जी. इम्पेक्स प्रा. लिई. नेपालमा ग्रेटवालका आधिकारिक विक्रेता हो । विभिन्न क्षेत्रहरूमा सफलता सँगालेको अनुभवलाई उपयोग गर्दै भी.जी.इम्पेक्सले जिडब्लुएमसँग सहकार्य गर्दै अहिले दुई वटा एसयुभी  र एक पिक–अप मोडेल बजारमा ल्याएको छ । यी तीनै वटा गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहनेमा कम्पनी विश्वस्त छन् ।

ग्रेटवालको शोरुम थापाथलीमा अवस्थित छ र निकट भविष्यमा देशभरि नै शोरुमहरुको बृहत् सञ्जाल फैलाउने योजना रहेको कम्पनीले जनाएको छ । हालको अवस्थामा सुधार आउनासाथ ग्रेट वाल मोटर्सले नवीन तरिकाले आफ्ना ब्रान्ड र सामानहरू उपभोक्ता माझ प्रस्तुत गर्ने छ । यस अतिरिक्त उच्चस्तरीय सर्भिस सेन्टरको पनि निकट भविष्यमा निर्माण गरिंदैछ । भी.जी. इमपेक्सले ग्रेट वाल मोटर्सको द्धक् सर्भिसेस (सेल्स, सर्भिस, स्पेयर्स र सर्वे (कस्टमर केयर) मा विशेष ध्यान दिदैं अन्तर्राष्ट्रिय स्टाण्डर्डको सर्भिस सेन्टर पनि स्थापना गर्ने भएको छ ।

मुल्य

ह्यावल एच६ को मूल्य ९६ लाख ९९ हजार ९९९ र जोलियनको मूल्य ५५ लाख ४९ हजार ९९९ रुपैयाँ तोकिएको छ भने पोअर पिकअपको मूल्य ६४ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

राम्रो बनावट र प्रिमियम विशेषताले भरिपूर्ण थर्ड जेनेरेसन ह्यावल एच सिक्स ­(एच६) मा शक्तिशाली २.० पेट्रोलियम टर्बो इन्जिन रहेको छ । त्यसै गरी ह्यावल जोलियनमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन र पोअरमामा २.० लिटर टर्बो डिजेल इन्जिन रहेको छ ।

ह्यावल जोलियन

ह्यावल जोलियनमा आवश्यकता अनुसार स्ट्यान्डर्ड, स्पोर्ट, इकोनोमी र स्नो ड्राइभिङ मोडको प्रयोग गर्न सकिन्छ । यसमा भएको हलुका मेकानिकल बनावट, इन्धन किफायतीपना, मल्टी ह्विल च्यासिस ट्युनिङ आदिका कारण ड्राइभिङ सहज हुने बताइएको छ । यसको वाहिरी भाग निकै आकर्षक छ । यसको स्मार्ट र सार्प फ्रन्ट फेस, क्लासिक फेमिली क्रोम प्लेटेड हनिकम्ब ग्रिल र थप फेसनेबल ट्रेन्डले वाहिरी आकर्षण बढाएको मान्न सकिन्छ ।

गाडीमा ठुलो प्यानोरामिक सनरुफ, एलईडी हेडल्याम्प र १८ इन्चको आल्मुनियम अलोय ह्विल छ । गाडीमा १२.३ इन्चको स्मार्ट टचस्क्रिन, ७ इन्चको कलर कम्बिनेसन भर्चुअल इन्स्ट्रयुमेन्ट, वायरलेस चार्जिङ र एप्पल कारप्ले तथा एन्ड्रोइड अटो जस्ता फिचर उपलब्ध छन् । बलियो बडी रहेको सो गाडीमा ६ एयरब्याग र अन्य विभिन्न सेफ्टी फिचर समेत उपलब्ध छन् ।

ह्यावल एच६

ह्यावल एच६ मा २.० लिटरको टर्बो पेट्रोल इन्जिन छ ।  जसले २२४ एचपी पावर र ३८५ एनएम टर्क जेनेरेट गर्छ । यसमा फ्रन्ट ग्रिल, एलईडी डीआरएल स्ट्रिप सहितको एलईडी प्रोजेक्टर हेडल्याम्प र फगल्याम्प छ । त्यसै गरी १९ इन्चको अलोय ह्विल छ ।

पोअर पिकअप

पोअर पिकअपमा २.० लिटरको टर्बोचार्ज्ड डिजेल इन्जिन रहेको छ । जसले१६० एचपी पावर ४०० एनएम टर्क जेनेरेट गर्छ । दुई भेरिएन्टमा रहेको पोअरमा सनरुफ भएको र सनरुफ नभएको ।

तपाईको प्रतिक्रिया