साउदीमा दुई घरेलु महिला कामदारको उद्धार

नवराज तामाङ सैलुङअनलाइन
साउदी अरेबिया
तस्बिर : सुबिन राज सेर्पाली/पिटी अनलाइन

साउदी अरेबियाको दमामबाट आइतबार दुईजना घरेलु महिला कामदार उद्धार भएकी छिन् । उनीहरूलाई नेपाली दिदिबहिनी समूह, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज र तमुधी समाजले उद्धार गरेकी हुन् ।

दमामस्थित नाइटिवानबाट उद्धार गरेको पवित्रा लिम्बु र मिना गुरुङलाई आइतबारनै रियादस्थित नेपाली दूतावास मा बुझाइएको दिदिबहिनी समूहकी अध्यक्ष तुलसी गुरुङले जानकारी दिइन् । अध्यक्ष तुलसीका अनुसार पीडितहरु विगत पाँच बर्षदेखि साउदीको घरमा कार्यरत थिइन् । दिदिबहिनी समूहले विभिन्न कारण पीडित भएका दिदिबहिनी तथा दाजुभाइहरुलाई उद्धार गरिरहेको अध्यक्ष तुलसीले बताइन् ।

त्यसैगरी लिम्बु र गुरुङको उद्धारमा तुलसीसँगै अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका भिम बुढा मगर, दिपक सिंह थापा, तमुधी समाजका अध्यक्ष खेम गुरुङ लगायतको टोली सहभागी थिए ।

रोल्पालीका सदस्य मगर, थापा र तमुधीका अध्यक्ष गुरुङले दिदिबहिनी समूहकी अध्यक्ष तुलसीको प्रेरणाले नै पीडित महिलाहरूको उद्धार भएको बताए । उनीहरू थप्छन् ` आदरणीय दिदी तुलसी माया गुरुङ साउदीमा रहुन्जेल हामी उद्वार कार्यहरुमा निरन्तर लाग्नेछौं ´।

साउदी अरेबियामा सन् २०१५ यता स्कुल, क्याम्पस, अस्पताल लगायतमा महिला कामदारहरुका लागि स्वीकृत दिएका थिए । घरेलु काममा भने महिला मात्रै नभई पुरुषलाई समेत नेपाल सरकारले बन्देज लगाएको छ । उद्धार भएकी महिलाहरूले कुवेत हुँदै साउदी ल्याएको एक भिडियोमा बताएकी छिन् ।

पछिल्लोपटक साउदीमा स्कुल, क्याम्पस, अस्पताल लगायतमा काम गर्न ल्याएका भएपनि घरायसी काम लगाएर मासिक तलब समेत नदिएको घटना बाहिरिएका छन् । सम्बन्धित रोजगारदाताले भने लामो छुट्टी हुदा कामदारको सहमतिमा घरायसी काममा लगाएको बताउदै आएको छ ।

तपाईको प्रतिक्रिया