रसुवागढी हुदै मानसरोवर गएका एक भारतीय महिलाको मृत्यु भएको छ । ५५ वर्षिय अर्चना जयप्रकास मिश्रको चीनको भूभागमा पुगेर आइतबार मृत्यु भएको प्रहरीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मिश्रको शव हेलिकप्टरमार्फत आज काठमाडौं लगिएको छ। उनी साउन २७ गते मानसरोवरतर्फ गएकी थिइन् ।
गत साउन १ गते भारतकै स्वराज्य लक्ष्मी भल्लुरू र साउन ३० गते ५३ वर्षीय उन्निहरि एैगाडि पारम्बिलको पनि मृत्यु भएको थियो ।
यस वर्षको ३ महिनामा मिश्रसहित ३ जना नागरिकको मृत्यु भइसकेको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1