कोरियामा आदिवासी दिवसमा मौलिक प्रस्तुति

दक्षिण कोरिया
AMIR YONJAN/SAILUNGONLINE

दक्षिण कोरियामा रहेका आदिवासी जनजातिले २५ औं विश्व आदिवासी दिवस मनाएका छन् । दिवसको मूल समारोहमा विविध जातीय संस्थाहरुले सांस्कृतिक झाँकी र र्यालीसहित नगर परिक्रमा गरेका थिए ।

नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाद्धारा आयोजित कार्यक्रममा  नेपाली दुतावासका कार्यबाहक राजदुत रामसिंह थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

यस वर्षलाई संयुक्त राष्ट्रसंघले   ‘भाषा वर्ष’ रूपमा विश्नभर मनाइरहेका छन्।

कार्यक्रममा तामाङ, राई, लिम्बु, थारु, मगर, शेर्पा, ह्योल्मो, थकालीलगायतका समुदायको मौलिक तथा साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । जातिय संस्थाका परिचय तथा शुभकामना मन्तव्यमा मातृभाषामै शुभकामना आदानप्रदान गरेका थिए ।

https://www.youtube.com/watch?v=lf2j0tEMUIM

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया