बेइजिङमा ९० प्रतिशतभन्दा बढी वयस्कलाई कोरोनाको खोप दिइयो

सैलुङअनलाइन संवाददाता
चीन

चीनको राजधानी बेइजिङमा १८ बर्षमाथिका ९० प्रतिशत व्यक्तिलाई कोभिड-१९ बिरूद्धको दुबै खोप लगाइसकिएको स्थानीय अधिकारीले बताएका छन् ।

प्राप्त जानकारी अनुसार बेइजिङमा एक करोड ७६ लाखभन्दा बढी बयस्क व्यक्तिलाई खोप लगाइएको बेइजिङको स्थानीय प्रशासनले पुष्टि गरेको छ । यो संख्या बेइजिङको बयस्क नागरिकको जनसंख्याको ९०.६ प्रतिशत हो ।

नगरपालिका प्रशासनले भनेको छ, `चिनियाँ राजधानीमा जन-खोप अभियान अन्तर्गत कोभिड-१९ विरूद्धको तीन करोड ६१ लाखभन्दा बढी खोपको मात्रा लगाइसकिएको छ । यो संख्या वयस्क संख्याको ९५.६ हो अर्थात् बेइजिङमा ९५ प्रतिशतभन्दा बढी बयस्क व्यक्तिलाई कम्तीमा एक मात्रा खोप लगाइएको छ ।

बेइजिङमा मंगलबारदेखि १२ बर्षदेखि १७ बर्ष उमेर समूह (नाबालिग) लाई कोभिड-१९ बिरूद्धको खोप लगाउन थालिएको नगर प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया