लिम्बू भाषाका अन्वेषक फाइवलीको उपचारका क्रममा मृत्यु

सैलुङअनलाइन संवाददाता
झापा

लिम्बू भाषाका अन्वेषक, नवल फाइवली (नरबहादुर लिम्बू)को कोरोना भाइरस (कोडिभ-१९)को संक्रमणबाट आज मृत्यु भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका-७ मा बस्दै आएको ८१ वर्षीय साहित्यकार फाइवलीलाई स्वास्थ्यमा समस्या देखिएपछि विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका लागि सोमबार भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मंगलबार मृत्यु भएको हो ।

उनले किरात धर्म, संस्कृतिका बारेमा मात्र एक दर्जन बढी कृति प्रकाशित गरेको पत्रकार दिपीन राईले बताए । जसमध्ये आधा दर्जन कृति उनले किरात लिपी मै लेखेको उनको भनाइ छ । किरात साहित्य प्रतिष्ठानका पूर्वउपकूलपति फाइवलीका श्रीमती भीमकुमार राई, तीन छोरा र सात छोरी छन् । उनको मंगलबारनै किरात धर्म संस्कारअनुसार अन्त्येष्टि गरिनेछ ।

तपाईको प्रतिक्रिया